२४ आश्विन २०८२, शुक्रबार
|
October 10, 2025

अब हारेर जित्नुस केपी बा !

नवनियुक्त प्रधानमन्त्री ओलीलाई स्वागत काठमाडौँ, ३१ असार ः नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीलाई सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा स्वागत। तस्बिर ः रत्न श्रेष्ठ÷रासस
अ+ अ-

श्री ३ महाराज चन्द्रशमशेरका पालाका सिपाही रामबहादुरको सुन्दर जुँगा देखेर महाराजले सोधेछन– ‘जुँगा किन पालेको तैले ?’ रामबहादुरले जवाफ दिएछ–‘सरकार, गरिबको गहना भनेकै जुँगा हो ।’रामबहादुरको प्रष्ट अभिव्यक्तिबाट उनी प्रभावित भएछन् । महाराजबाट तत्काल हुकुम भएछ–‘रामबहादुरलाई हवलदार बनाइदिनू ।’

जुँगााको प्रतापले रामबहादुर हवल्दार भएको हल्ला सिपाहीहरू माझ आगोसरि  फैलिएछ । हवल्दार बन्ने लोभमा सबै सिपाहीले जुँगा पाल्न थालेछन । सिपाहीको पल्टनले नै जुँगा पालेको देखेर महाराजलाई अनौठो लागेछ, अनि सोधेछन– ‘तिमीहरु सबैले जुँगा पाल्नुको कारण के हो ?’  सिपाहीहरुले रामबहादुरको उही डाईलग सामुहिक रुपमा दोहोर्‍याउँदै भनेछन–‘महाराज, गरिबको गहना भनेकै जुँगा हो ।’ महाराजले तत्काल हुकुम दिएछन–‘यी सबैका जुँगा तातोपानी लाएर उखेल्नू ।’